२ भदौ २०८३, मंगलबार | August 18, 2026

अब सरकारी कर्मचारीले १५/१५ दिनमा तलबभत्ता पाउने



काठमाडौं । अब निजामती कर्मचारीले १५–१५ दिनमा तलब भत्ता पाउने भएका छ ।

संघीय सरकार मातहतका निकायमा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीहरूले अब हरेक १५–१५ दिनमा तलब तथा भत्ता पाउने भएका हुन् । उनीहरूले यो तलब अर्ध मासिक रूपमा पाउने छन्।

महालेखा नियन्त्रक कार्यालयले एक परिपत्र जारी गर्दै अर्घमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन संघीय सरकार मातहतका सबै सरकारी र सार्वजनिक कार्यालयहरूलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको व्यवस्था अनुसार यो नयाँ प्रणाली लागू गर्न लागिएको कार्यालयले जनाएको छ।

भदौं १ गते गरिएको परिपत्र अनुसार संघीय सरकारका सरकारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारीले पहिलो किस्ता स्वरूप भदौं १५ गते देखी भुक्तानी पाउने छन् । तर, यो व्यवस्था प्रदेश र स्थानिय तहको हकमा भने तत्काल लागु हुने छैन् ।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  ११ : ५२ बजे

भाद्र ३१ गते देखि नेपालगन्ज-पोखरा पुनः उडान गर्दै बुद्ध एयर

नेपालगन्ज । गत जेठ ५ गते देखि अवरुद्ध बुद्ध एयरको

जुरीखेलमा स्कारपियो दुर्घटना : गम्भीर घाइते लक्ष्मी बडुको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ आफ्नै पार्टीको

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनासहित ३ योजनाका निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सालझण्डी-सन्धिखर्क-ढोरपाटन

अब सरकारी कर्मचारीले १५/१५ दिनमा तलबभत्ता पाउने

काठमाडौं । अब निजामती कर्मचारीले १५–१५ दिनमा तलब भत्ता पाउने