३ भदौ २०८३, बुधबार | August 19, 2026

सांसदको आचरणमाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्रीसहित बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र आफ्नै सांसदबीच बढ्दै गएको असमझदारी तथा दूरी कम गर्न पार्टी नेतृत्वले आज मन्त्री र सांसदलाई सँगै राखेर विशेष छलफल गर्ने भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पार्टी सभापति रवि लामिछानेले संसदीय अनुशासन र मर्यादाका विषयमा स्पष्ट निर्देशन दिने कार्यक्रम रहेको छ ।

बैठकमा सरकार र पार्टीका सांसदबीच पछिल्लो समय बढ्दै गएको अविश्वास, संसद्मा प्रस्तुत हुने शैली तथा सांसदका सार्वजनिक गतिविधिबारे समीक्षा गरिने एक नेताले जानकारी दिए ।

विशेषगरी संसद्मा सांसदहरूले प्रयोग गर्ने भाषा र व्यवहार संसदीय मर्यादाअनुकूल नभएको गुनासो बढेपछि अनुशासन उल्लङ्घन गर्ने सांसदलाई सचेत गराउने तयारी पार्टीले गरेको छ ।

यसअघि मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै रास्वपा सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोजेकी थिइन् । तर सभामुख डीपी अर्यालले संसदीय मर्यादा र गरिमाको ख्याल गर्न भन्दै समय नदिएपछि सांसद तामाङ आक्रोशित हुँदै बैठक कक्षबाट बाहिरिएकी थिइन् ।

आफ्नै दलका मन्त्री र सभामुखसँग सांसदहरूको खिचातानी बढ्दै गएपछि रास्वपाले आन्तरिक अनुशासन कायम गर्न मन्त्री र सांसदबीच छलफल गर्न लागेको हो ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  ८ : ४७ बजे

बासुदेव खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभाबाट विश्वासको

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

सांसदको आचरणमाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्रीसहित बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र आफ्नै

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत