२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण



कञ्चनपुर । महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ ।

महाकाली नदीको बाढीबाट बर्सेनि नदी किनारका बस्ती र खेतीयोग्य जमिनमा हुँदै आएको क्षति न्यूनीकरणका गर्न तटबन्ध निर्माण गरिएको हो । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरले रु ११ करोड ६५ लाख रकम खर्च गरेर उक्त तटबन्ध निर्माण गरेको हो ।

आयोजना प्रमुख रञ्जनराज भट्टराईले दोधारा चाँदनी नगरपालिकास्थित महाकाली नदीमा ५०७ मिटर र जोगबुढा नदीमा २५५ मिटर भीमदत्तस्थित दोधारा चाँदनी झोलुङ्गे पुल क्षेत्रमा ४५८ मिटर आरसिसी तटबन्ध निर्माण गरिएको जानकारी दिनुभयो ।

तटबन्ध निमार्णपछि हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्ती सुरक्षित बनेको छ । उक्त बस्ती जोगाउन आयोजनाले ७६२ मिटर तटबन्ध निर्माण गरेको थियो ।

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर हरेक वर्ष जोगबुढा नदी र महाकाली नदीको बाढीबाट प्रभावित हुँदै आएको थियो । नदी नियन्त्रण र व्यवस्थापनका लागि पुराना संरचना मर्मत गर्ने काम नियमित भइराखेका छन् ।

महाकाली नदीमा २५ वर्ष पुरानो तटबन्ध जीर्ण हुँदै गएकाले कार्यालयले मर्मतसम्भार गर्दै आएको छ । महाकालीपारि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  ११ : १८ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य