५ भदौ २०८३, शुक्रबार | August 21, 2026

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, के-के छन् एजेण्डा ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । वनस्थलीस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने बैठकले आगामी स्थानीय तह निर्वाचनको तयारी तथा पार्टी संगठन सुदृढीकरणका विषयमा महत्वपूर्ण निर्णय गर्ने तयारी गरेको छ ।

बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा अनुमोदन गर्नुका साथै केन्द्रीय उम्मेदवार छनोट समिति गठन गर्ने तयारी गरेको छ । उम्मेदवार छनोट प्रक्रिया र विधिबारे कार्यकर्तालाई जानकारी गराउन देशव्यापी प्रशिक्षण तथा अभिमुखीकरण सञ्चालन गर्ने प्रस्तावसमेत बैठकमा पेस हुनेछ ।

यस्तै, रास्वपाले लामो समयदेखि उठाउँदै आएको ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण तथा त्यसलाई कार्यान्वयन गर्न आवश्यक कानुनी र राजनीतिक खाका तयार गर्ने विषयमा पनि छलफल गर्नेछ ।

बैठकले पार्टीका रिक्त तथा थप गर्नुपर्ने पदमा मनोनयन, सचिवालय सदस्य तथा विभागीय प्रमुखको जिम्मेवारी बाँडफाँटलगायत संगठनात्मक विषयमा समेत निर्णय गर्ने कार्यसूची रहेको छ ।

पार्टीका धारणा, गतिविधि तथा विचार सार्वजनिक गर्न ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषय पनि केन्द्रीय समिति बैठकको कार्यसूचीमा राखिएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ८ : ०४ बजे

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

गोरखा । एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौं । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको

वर्षाले विभिन्न सडक अवरुद्ध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको