२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

प्रधानमन्त्री शाह तीन दिनदेखि गण्डकीमा



पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि गण्डकी प्रदेशमा रहेका छन् । शुक्रबार पोखरा आएका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ पुगेका थिए ।

आज मुस्ताङबाट फर्किएका उनी पोखरामै बास बसेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । “प्रधानमन्त्रीको नितान्त पारिवारिक भ्रमण भएकाले हामीलाई पनि धेरै जानकारी छैन”, उनले भने, “आज उहाँ पोखरामै रहनुभएको छ, भोलि (सोमबार) काठमाडौँ फर्कनुहुन्छ ।”

प्रधानमन्त्री शाह काठमाडौँदेखि सडकमार्ग हुँदै मुस्ताङ पुगेर फर्केका हुन् । उनले शनिबार मुक्तिनाथ मन्दिर दर्शनसमेत गरेका थिए । निजी भ्रमण भएकाले प्रधानमन्त्री सरिक हुने कुनै औपचारिक कार्यक्रम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बास बसेका प्रधानमन्त्री शाह आज पनि पोखराकै एक रिसोर्टमा बसेको जनाइएको छ । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शुक्रबार निजी भ्रमणमा निस्केका थिए ।

प्रकाशित मिति : ७ भदौ २०८३, आइतबार  ११ : ०० बजे

चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक केसी

काठमाडौँ । प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीद्धारा सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले पद तथा

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थन फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका

नेपाल सरकार र टिकटक प्रतिनिधिबीच सहकार्यका विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका सरकारी