काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा प्रतियोगितामा सहभागी सम्पूर्ण टोलीलाई शुभकामना दिएका छन् ।
प्रधानमन्त्री शाहले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतियोगिताको सफल आयोजनाका लागि नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना व्यक्त गरेका हुन् ।
उनले एनपीएलमा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई पनि हार्दिक स्वागत गरेका छन् ।
प्रधानमन्त्री शाहले एनपीएल केही वर्षमै ठूलो खेलकुद महोत्सवका रूपमा विकसित भएको उल्लेख गर्दै नेपाली क्रिकेटको सफलताको कामना गरेका छन् । उनले ‘नेपाली क्रिकेट अमर रहोस्’ भन्ने सन्देशसमेत दिएका छन् ।
एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

















प्रतिक्रिया