९ भदौ २०८३, मंगलबार | August 25, 2026

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध



काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार आज बिहान १०ः०० बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, नुवाकोट, इलाम, सिन्धुपाल्चोक, रसुवा र रुकुम पश्चिमका सडकखण्ड प्रभावित भएका छन् ।

काभ्रेपलाञ्चोक हुँदै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सम्पूर्ण सवारीसाधनको आवागमन रोकिएको छ । बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुने जनाइएको छ ।

त्यसैगरी, वर्षाका कारण मकवानपुरको कान्ति लोकपथमा राति ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि राति १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको छ ।

वर्षाका कारण इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडकमा हिलो भएका कारण सवारीसाधन सञ्चालन हुन नसकेको र उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लिपिङ बजारस्थित अरनिको राजमार्गमा भदौ ५ गते खहरे खोलाबाट आएको लेदो तथा ढुङ्गासहितको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि पूर्णरूपमा अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्डमा सडक माथिबाट ढुङ्गा, माटोसहितको लेदो आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वर्षाका कारण सडक अवरुद्ध हुने तथा जोखिम बढ्ने क्रम रहेकाले सम्बन्धित सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन आवश्यक छ ।

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  १२ : ०८ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३