त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित त्रिशूली नदी करिडोरमा निर्माण भएका तथा निर्माणाधीन जलविद्युत आयोजनाहरुमा अपूरणीय क्षति पु¥याएको छ । जलविद्युत आयोजना सहित प्रशारण लाइन र सवस्टेशनमा समेत क्षति पुगेका छ । नुवाकोट र रसुवामा विद्युत सेवा अबरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरणका निर्देशक थर्कबहादुर थापाले बाढीले क्षतिग्रस्त प्रशारण लाइन मर्मत गर्न अध्ययन थालिएको र केही दिन लाग्ने जानकारी दिए । नुवाकोटमा उत्पादित विद्युत काठमाडौ पठाइएको किस्पाङ-५ पैरेबेशी स्थित सवस्टेशन, त्रिशूली जलविद्युत केन्द्र र देवीघाट जलविद्युत केन्द्रलाई बाढीले बगाएको कारण केन्द्रीय प्रशारण लाइनको विद्युत सेवा निरन्तताका लागि आजदेखि प्राविधिक अध्ययन सुरु गर्न लागिएको उनले जानकारी दिए ।
बाढीको कारण क्षतिग्रस्त भएका जलविद्युत केन्द्रहरुमा रसुवा स्थित रसुवागढी जलविद्युत केन्द्र १११ मेगावाट, लाङटाङ खोला २० मेगावाट, लाङटाङ-भोटेकोसी १२० मेगावाट, चिलिमे २२ मेगावाट, निर्माणाधीन अपर त्रिशूली-१ जलविद्युत आयोना २१६ मेगावाट छन् ।
यस्तै, नुवाकोट स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ ६० मेगावाट, निर्माणाधिन माथिल्लो त्रिशूली थ्री ‘बी’ ३७ मेगावाट, त्रिशूली जलविद्युत केन्द्र २१ मेगावाट, देवीघाट १४ मेगावाट र नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको २५ मेगावाटको सौर्यप्लान्टमा समेत क्षति पुगेको छ । ती संरचनाको अधिकांश पूर्ण क्षतिग्रस्त अबस्थामा रहेकाले सञ्चालनमा ल्याउन समय लाग्ने निर्देशक थापाले जानकारी दिए ।

















प्रतिक्रिया