११ भदौ २०८३, बिहिबार | August 27, 2026

भोटेकोशी बाढीबारे सिंहदरबारमा सर्वदलीय बैठक



काठमाडौं। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ ।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बिहीबार बिहान ९ बजेदेखि सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक भइरहेको हो ।

बैठकमा बाढीबाट भएको क्षति, खोज तथा उद्धार, राहत, पुनर्स्थापना तथा आगामी दिनमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरणका विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।

बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलगायत प्रमुख दलका नेताहरू सहभागी छन् ।

बुधबार तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति भएको छ । भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका बस्ती तथा संरचनामा क्षति पुगेको छ भने ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन् । प्रभावित क्षेत्रमा खोज तथा उद्धारको कार्य जारी छ ।

यसअघि विभिन्न राजनीतिक दलहरूले सार्वजनिक रूपमा तथा संसद्मार्फत बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनामा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । साथै, भविष्यमा आउन सक्ने यस्ता विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तथा दीर्घकालीन नीति निर्माणमा समेत सरकारसँग सहकार्य गर्ने बताएका थिए ।

सर्वदलीय बैठकले तत्कालीन उद्धार तथा राहतसँगै प्रभावित क्षेत्रको पुनर्स्थापना र विपद् व्यवस्थापनका दीर्घकालीन उपायबारे साझा धारणा बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  १० : ०१ बजे

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र

चिनियाँ पक्षको दाबी – नेपाली भूभागमै भूकम्प र हिमपहिरो जाँदा बाढी आयो

काठमाडौं। नेपाल र चीनमा ठूलो जनधनको क्षति हुने गरी आएको