११ भदौ २०८३, बिहिबार | August 27, 2026

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय



नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८ जना भारतीय बेपत्ता भएका छन् ।

भारतको विदेश मन्त्रालयले नेपाल र तिब्बतमा आएको प्रलयकारी बाढी पछि २८८ जना भारतीय नागरिकहरूसँग सम्पर्क हुन नसकेको जनाएको छ।

‘बाढीका कारण तिब्बतमा करिब २०० जना भारतीय नागरिक अलपत्र परेका छन् र उनीहरूले उद्धारको प्रतीक्षा गरिरहेका छन्,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आज आयोजित पत्रकार सम्मेलनमा भने, ‘त्यहाँ केही मानिसहरू हराइरहेका हुन सक्छन् र हामी स्थानीय अधिकारीहरूमार्फत उनीहरूको खोजी गर्न हरसम्भव प्रयास गरिरहेका छौं ।’

जयसवालका अनुसार कैलाश पर्वतको पवित्र तीर्थयात्रा कैलाश मानसरोवर यात्रा का लागि नेपाल गएका २१ जना भारतीय नागरिकको भने उद्धार गरिएको छ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ४ : ०२ बजे

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०