७ कार्तिक २०८३, शनिबार | October 24, 2026

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह



काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन रहेका पत्रकार टेकराज थामी र अर्का पत्रकार निराजन पौडेलका परिवारको खोजीलाई तीव्रता दिन आग्रह गरेको छ ।

कार्यक्रमका सिलसिलामा रसुवागढी नाका हुँदै चीनको तिब्बततर्फ जाने क्रममा रहेका महासङ्घका पूर्वकेन्द्रीय सदस्य एवं नयाँपत्रिका दैनिकका पत्रकार टेकराज थामी बुधबार बिहानदेखि सम्पर्कविहीन भएको महासङ्घले जनाएको छ । थामी राससमा कार्यरत पत्रकार कालिका खड्काका श्रीमान हुन् ।

यस्तै नुवाकोटको विदुर नगरपालिका-७ बाट पत्रकार निराजन पौडेलका बुबा, आमा, काका, काकी र बहिनीसहित पाँच सदस्य सम्पर्कविहीन भएको महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

बाढीप्रभावित क्षेत्रमा विद्युतीय आपूर्ति बन्द भई सञ्चार सेवा अवरुद्ध हुँदा सञ्चारमाध्यम सञ्चालनमा असर पुगेकामा सञ्चार सेवा नियमित गर्न आवश्यक व्यवस्था मिलाउन महासङ्घले आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ४ : ४४ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र