११ भदौ २०८३, बिहिबार | August 27, 2026

बेलायती प्रधानमन्त्रीको नेपाललाई १ अर्ब सहयोगको घोषणा



लन्डन । बेलायती  प्रधानमन्त्री एन्डी बर्नहमले बुधबार आएको आकस्मिक बाढीपछि नेपालमा भइरहेको उद्धार तथा राहत कार्यमा सहयोग गर्न बेलायतले ५० लाख पाउन्ड अर्थात १ अर्ब नेपाली रूपैयाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

साउथ वेल्सको भ्रमणका क्रममा बर्नहमले भने, ‘नेपालमा घटेको घटनाले निकै भयावह तस्बिर देखाएको छ ।’

उनले तत्काल कदम चालिँदै गरेको र बेलायती नागरिकहरूले चौबीसै घण्टा सहयोग प्राप्त गर्न सकून् भन्ने उद्देश्यले बेलायतले उक्त क्षेत्रमा कन्सुलर सहयोग सम्बन्धी कर्मचारीहरू खटाइरहेको जानकारीसमेत दिएका छन ।

नेपाल प्रहरीबाट प्राप्त पछिल्लो जानकारी अनुसार हाल ३३ जना बेलायती नागरिक बेपत्ता रहेको पनि उनले उल्लेख गरेका छन्। उनले भने, ‘स्वाभाविक रूपमा हाल केही बेलायती नागरिकहरू बेपत्ता भएको अनुमान गरिएको छ र यस्तो अत्यन्तै पीडादायी तथा भयावह परिस्थितिमा हामी उनीहरूका परिवारलाई सक्दो सहयोग उपलब्ध गराउनेछौं।’

बर्नहमले बेलायतले उक्त क्षेत्रमा आपतकालीन उद्धार टोली पठाउने प्रस्ताव पनि गरेको बताए तर यो विषयमा निर्णय गर्ने अधिकार स्वाभाविक रूपमा नेपाल सरकारकै हो।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ८ : ५८ बजे

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा,