२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

तिब्बतमा कृत्रिम ताल फुट्ने जोखिम बढेपछि उद्धार कार्य रोकियो



काठमाडौं । नेपाल-चीन सीमावर्ती तिब्बतमा भीषण पहिरोपछि नदी थुनिएर बनेको कृत्रिम ताल फुट्ने जोखिम बढेपछि चिनियाँ अधिकारीहरूले तत्कालका लागि खोज तथा उद्धार कार्य रोकेका छन् ।

गत बुधबार गएको पहिरो र त्यसपछि आएको लेदोसहितको बाढीले नेपाल-चीन सीमास्थित जिरोङ (केरुङ) नाकामा ठूलो क्षति पुर्‍याएको थियो । पहिरोका कारण नदीको बहाव रोकिएर बनेको कृत्रिम तालमा पछिल्लो समय पानीको सतह तीव्र रूपमा बढिरहेको अधिकारीहरूले बताएका छन् ।

लगातारको वर्षाका कारण तालको पानी खतरनाक तहमा पुगेपछि जुनसुकै बेला बाँध फुट्न सक्ने जोखिम बढेको छ । जोखिमलाई ध्यानमा राख्दै उद्धारकर्मीलाई प्रभावित क्षेत्रबाट टाढा रहन निर्देशन दिइएको चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीका अनुसार विपत्तिपछि तिब्बततर्फ ५५० भन्दा बढी मानिस बेपत्ता भएका छन् । बेपत्ता हुनेमा करिब २६० जना विदेशी पर्यटक तथा तीर्थयात्री रहेको बताइएको छ । तीमध्ये कैलाश मानसरोवर दर्शनका लागि पुगेका तीर्थयात्रीको संख्या उल्लेख्य रहेको जनाइएको छ ।

चिनियाँ अधिकारीहरूले अहिले जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको तालको पानीको सतह र त्यसबाट उत्पन्न जोखिमको निरन्तर निगरानी गरिरहेका छन् । भारी वर्षा जारी रहेकाले आगामी दिनमा तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम थप बढ्न सक्ने आकलन गरिएको छ ।

सम्भावित मानवीय तथा भौतिक क्षति रोक्न प्रभावित क्षेत्रमा आवतजावतमा समेत कडाइ गरिएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ११ : २५ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य