१३ भदौ २०८३, शनिबार | August 29, 2026

नेपाललाई आपतकालीन सहयता र अन्तराष्ट्रिय उद्दारमा सघाउने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय



बेइजिङ । चीनले केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपाललाई आपत्कालीन सहायता उपलब्ध गराउने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को शुक्रबार बसेको उच्चस्तरीय बैठकले नेपालमा उद्धार तथा राहतका लागि सहयोग गर्ने र अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको हो।

चिनियाँ राष्ट्रपति तथा सीपीसी केन्द्रीय समितिका महासचिव सी चिनफिङको अध्यक्षतामा बसेको पार्टीको राजनीतिक ब्यूरो बैठकले ग्यिरोङ काउन्टीमा बुधबार आएको विनाशकारी पहिरोपछि उत्पन्न अवस्थाको समीक्षा गर्दै उद्धार तथा राहत कार्यबारे आवश्यक व्यवस्था गर्न निर्देशन दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

बैठकले विपत्तिबाट प्रभावित नेपालको क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने र आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको हो।

बैठकको सुरुवातमा राष्ट्रपति सी चिनफिङसहित सहभागी नेताहरूले बुधबार ग्यिरोङको सीमा नाकामा आएको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूको सम्झनामा मौनधारण गरेका थिए।

सिन्ह्वाका अनुसार पार्टी केन्द्रीय समितिको सशक्त नेतृत्वमा चीनमा आपत्कालीन उद्धार कार्य तीव्र, व्यवस्थित र प्रभावकारी समन्वयका साथ अघि बढिरहेको छ। प्रभावित नागरिकको पुनर्स्थापना तथा विपत्तिपछिको व्यवस्थापनका लागि समेत व्यापक प्रयास भइरहेको बैठकमा जनाइएको छ।

ग्यिरोङ क्षेत्र अत्यधिक चिसो हिमाली भूभागमा रहेको तथा यहाँ भिराला उपत्यका, परिवर्तनशील मौसम, आसपासका हिमनदी र हिमताल तथा सम्भावित भौगर्भिक जोखिम रहेकाले उद्धार कार्य चुनौतीपूर्ण रहेको बैठकले जनाएको छ।

बैठकले सम्बन्धित सबै निकाय तथा विभागलाई उद्धार तथा राहत कार्यमा दृढ र प्रभावकारी कदम चाल्न निर्देशन दिएको छ। वैज्ञानिक ढंगले खोज तथा उद्धार योजना तयार पार्दै बेपत्ता भएका सबै चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारका लागि हरसम्भव प्रयास गर्न पनि बैठकले जोड दिएको छ।

ग्यिरोङ काउन्टीमा बुधबार आएको पहिरोपछि चीनको सिजाङ क्षेत्रसँगै नेपालतर्फको भोटेकोशी नदी र आसपासका क्षेत्रमा समेत विनाशकारी बाढी आएको थियो। बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएको छ।

नेपालमा भएको विपत्तिपछि चीनले उद्धार तथा राहतका लागि सहयोग गर्ने निर्णयलाई शुक्रबारको सीपीसी बैठकबाट औपचारिक रूपमा अघि बढाइनुलाई दुई देशबीचको विपद् व्यवस्थापन तथा मानवीय सहकार्यका दृष्टिले महत्वपूर्ण मानिएको छ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  २ : ५२ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक