१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

पलाञ्चोक भगवतीमा क्षमा पूजा



बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको छ । केही दिनअघि साँझको आरतीका क्रममा मूर्तिमा पसिना देखिएपछि क्षमा पूजा गरिएको वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए ।

पलाञ्चोक भगवती प्रसिद्ध शक्तिपीठ हुन् । यो मन्दिर पाँचखाल नगरपालिका-९ मा पर्छ । मन्दिरमा मूर्तिलाई स्नान गराई तान्त्रिक विधिअनुसार विशेष पूजाआजा तथा क्षमाप्रार्थना गरिएको हो ।

स्थानीय धार्मिक मान्यता तथा जनश्रुतिअनुसार पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आउनुलाई कुनै दैवी विपत्ति वा राजनीतिक सङ्कटको सङ्केतका रूपमा लिने गरिन्छ ।

स्थानीयका अनुसार २०७२ सालको भूकम्प, २०८१ सालको बाढीपहिरो तथा २०५८ सालको दरबार हत्याकाण्ड लगायतका घटनामा यस्तै सङ्केत देखिएको स्थानीयवासीले बताएका छन् ।

गत १० गते सुनकोसीमा आएको बाढीलाई स्थानीयले सोही दृष्टिले हेरेका छन् । क्षमा पूजामा पुजारीबाट गुप्त पूजा गरिएको थियो ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ५ : ०७ बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a