१३ भदौ २०८३, शनिबार | August 29, 2026

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने



बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक संचालन गर्ने भएका छन । कुनै बेला समस्यामा परेका बिरामीहरुको सेवामा अग्रसर युवाहरुको अब भने नेपाल स्वयंसेवी रक्तदाता समाज हुदै अहिले सहकारीमार्फत ब्लड बैक संचालनको तयारीमा पुगेका हुन ।

समाजसेवी कृष्ण चौहान क्षेत्रीको अगुवाईमा बुटवलमा रक्तदान अभियान हुदै पछिल्लो दुई वर्षदेखी स्वयंसेवी रक्तदाता सहकारी संस्था लिमिटेड संचालनमा रहेको थियो । सहकारीमार्फत नै अब ब्लड बैक संचालन हुने भएको हो । सहकारीको शेयर रकमबाट ब्लड बैक स्थापनामा लगानी गर्ने निर्णय चौथो वार्षिक साधारण सभाबाट भएको अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए ।

बुटवलका एक अस्पतालसंग सम्झौताको अन्तिम तयारी भैरहेको उनले बताए । ‘अब छिटटै ब्लड बैक संचालनको तयारीमा छौ ।’- अध्यक्ष चौहान क्षेत्रीले भने । बुटवलमा रगत ब्यवस्थापनमा सहजता ल्याउने गरि ब्लड बैक स्थापना गर्न लागेको उनले बताए । यसैबिच संस्थाको साधारण सभाबाट चारवर्षे आवधिक योजना समेत पास भएको छ ।

यसैगरि सदस्य वृद्धि, बैक तथा वित्तिय संस्थामा सबैभन्दा धेरै रक्तदान गर्ने संस्थाको रुपमा बनाएको पहिचान कायम राख्ने गरि अभियानहरु चलाउने समेत योजनाहरु रहेको उनले बताए । बुटवल कार्यक्षेत्र रहेको सहकारीलाई रुपन्देही जिल्लाभरि कार्यक्षेत्र बिस्तार गर्ने समेत तयारीमा रहेको उनले बताए ।

शनिबार कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुनाखर खनालले उद्घाटन गर्दै नबिनतम सोच र योजनाका साथ सहकारी अघि बढेको भन्दै देशमा नै रक्त अभियान चलाउने एकमात्र सहकारी भएको बताए ।

यसैगरि रसुवासहित देशका विभिन्न जिल्लामा भएको बाढीपहिरो पिडितको सहयोग गर्ने समेत सहकारीका उपाध्यक्ष उदयराज भट्टराईले बताए । प्रत्येक शेयर सदस्यको खाताबाट संकलन गरिएको ३० हजार रुपैया प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्ने उनले बताए ।

यसैबिच साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्ष कृष्ण चौहान क्षेत्री, लेखा सुपरिवेक्षक समितिको तर्फबाट शंकर गौतम तथा लेखा परिक्षण प्रतिवेदन र अनुमानित आयब्याय कोषाध्यक्ष प्रशन्न श्रेष्ठले प्रतिवेदनहरु प्रस्तुत गरेका थिए ।

सहकारीमार्फत गोलबद्ध गरि सामाजिक कार्यमा अग्रसर गराउने लक्ष्य अनुसार संस्था अघि बढेको सहकारीका सचिव जानकी नेपाल, सदस्य सागर पाठकले बताए । सहकारीमा हाल २९९ शेयर सदस्यहरु आवद्ध छन ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ३ : ३५ बजे

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा