१३ भदौ २०८३, शनिबार | August 29, 2026

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली



काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका टनेल सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ प्राबिधिक टोली नेपाल आइपुगेको छ ।

चीनले पठाएको उद्धार टोली हेलिकोप्टरमार्फत केरुङ नाकाबाट नेपाल प्रवेशगरि सीधै रसुवाको बाढी प्रभावित क्षेत्रमा पुगेको हो । टोलीमा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धारसम्बन्धी ४ जना विज्ञ रहेको बताइएको छ ।

सरकारले रसुवाका विभिन्न जलविद्युत् परियोजनाका सुरुङमा फसेका नेपाली तथा विदेशी इन्जिनियर, प्राविधिक र कामदारको उद्धारका लागि चीनसँग सहयोग मागेपछि चीनले प्राबिधक सहितको टोली नेपाल पठाएको हो ।

चिनियाँ टोलीले सुरुङमा फसेकाहरूको उद्धारमा नेपाली उद्धार टोलीसँग समन्वय गरी आवश्यक प्राविधिक सहयोग गर्ने बताइएको छ । यसअघि भारतबाट पनि सुरुङ उद्धारसम्बन्धी ११ जनाको विज्ञ टोली नेपाल आइसकेको छ ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ४ : ०२ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक