१३ भदौ २०८३, शनिबार | August 29, 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन



काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा रु पाँच अर्बभन्दा बढी रकम सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुट्नेक्रम बढेको छ ।

कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको पूर्ण विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो । प्रधानमन्त्री राहत कोषमा आज मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामा पाँच अर्ब चार करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको कार्यालयको भनाइ छ । यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख आठ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ ।

विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष)मा मात्र आर्थिक सहयोग गरिदिन सरकारले आग्रह गरेको छ । खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयको भनाइ छ ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ८ : ३७ बजे

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा । भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका-२