१५ भदौ २०८३, सोमबार | August 31, 2026

चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना



चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत सामग्री सङ्कलन तथा व्यवस्थापन गर्न भरतपुरमा कक्ष स्थापना गरिएको छ ।

राहत सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका आधिकारिक बैंक खातामा समेत सहयोग जम्मा गर्न सकिने र कतिपय सङ्घसंस्थाले जिन्सी सामग्रीसमेत सहयोग गर्न चाहेको बुझिएकाले राहत सामग्री सङ्कलन तथा व्यवस्थापनका लागि कक्ष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङका अनुसार भरतपुर-१० स्थित चितवन उद्योग सङ्घको हलमा सोमबारदेखि राहत सहयोग सङ्कलन तथा व्यवस्थापन कक्ष सञ्चालन गरिन लागेको जानकारी दिए । मुग्लिन-काठमाडौं सडकखण्डको कृष्णभीरमा सडक भासिएर सवारीसाधनको आवागमन पूर्णरूपमा रोकिएको अवस्थाका कारण राहत सामग्री ओसारपसारमा समस्या हुनसक्ने भएकाले सहयोग गर्न इच्छुक सङ्घसंस्था तथा व्यक्तिको सहजताका लागि कक्ष स्थापना गरिएको उनले बताए ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ८ : ४९ बजे

बाढीले विद्यालय मेटायो, बचेको बसमा पनि तोडफोड

नुवाकोट । विनाशकारी बाढीले भौतिक संरचना ध्वस्त बनाएको नुवाकोटको ऐतिहासिक

अविरल वर्षा र बाढीपछि देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढी तथा अविरल वर्षाका कारण पहिरो खस्दा

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ । रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको

भोटेकोशी बाढी : त्रिशूली र नारायणी किनारमा २७२ शव फेला, १२ जनाको मात्र सनाखत

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर आएका

चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत