९ कार्तिक २०८३, सोमबार | October 26, 2026

गुल्मीमा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालक नियन्त्रणमा



गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५, डुकुर्तीमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार आइतबार साँझ तम्घासबाट सिमलटारीतर्फ जाँदै गरेको लु १ क ४४४८ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको लु ६ प २७२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक इस्मा गाउँपालिका-६, अम्मरपुरका ३२ वर्षीय धनीश्वर बस्नेत र पछाडि सवार सोही गाउँपालिका-२ का २३ वर्षीय कमल पछाई घाइते भएका थिए।

अनुहार र छातीमा गम्भीर चोट लागेका बस्नेतलाई गुल्मी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि पुनः गुल्मी अस्पताल ल्याइएको छ।

दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकलको पछाडि सवार पछाइको अवस्था सामान्य रहेको छ। दुर्घटनापछि टिप्पर र चालक प्युठानको गौमुखी गाउँपालिका-२ का ३० वर्षीय जीवन रानामगरलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  १२ : ०४ बजे

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौँ । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता

पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना