१५ भदौ २०८३, सोमबार | August 31, 2026

प्रधानमन्त्री र रास्वपा सभापतिबीच उद्धार र पुनःस्थापनाबारे छलफल



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच बाढीपहिरोबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार तथा राहत कार्यबारे छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटवार्तामा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका विषयमा विशेष छलफल भएको हो ।

भेटमा विपद्बाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, राहत सामग्री सहज रूपमा पुर्‍याउने तथा बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःस्थापनाका विषयमा समेत छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत वितरण र पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्रलाई पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका छन् ।

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवासहित विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । विपद्पछि सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र विस्थापित नागरिकको व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

भेटवार्तालाई विपद्को समयमा सरकारका उद्धार तथा राहत प्रयासलाई थप प्रभावकारी बनाउने र प्रभावित नागरिकको पुनःस्थापनालाई तीव्रता दिने विषयमा केन्द्रित छलफलका रूपमा लिइएको छ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ५ : ०२ बजे

रसुवा बाढी : उद्धारका लागि अन्तरराष्ट्रिय राहत सहयोग जुट्दै

काठमाडौं । बुधबार रसुवालगायत क्षेत्रमा गएको भोटेकोशी बाढीको विपद्पछि नेपाल

प्रधानमन्त्री र रास्वपा सभापतिबीच उद्धार र पुनःस्थापनाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा