काठमाडौं। संसदीय व्यवस्थामा सामान्यतया सरकारले गरेको काम कारवाही र मुलुकको मौजुदा अवस्था बारे राष्ट्रपतिलाई जानकारी गराउने कर्तब्य प्रधानमन्त्रीको हुने गर्दछ । सरकारले चालेका बिभिन्न कदमहरुबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गर्ने प्रचलन संसदीय व्यवस्था रहेका मुलुकहरुमा हुँदै आएको छ ।
नेपालमा भने राष्ट्रपति रामचन्द्र पौडेलसँग बाढीबाट भएको जनधनको क्षतिबारे ‘ब्रिफिङ’ गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राष्ट्रपति निवास पुगेका छन् ।
राष्ट्रपति पौडेललाई भेट्न सितल निवास पुगेका लामिछानेले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेका उद्धार र राहतका गतिविधिबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।
लामिछानेले आजै प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी सरकारले बाढी प्रभावित क्षेत्रमा गरिरहेको कामबारे जानकारी लिएका थिए। प्रधानमन्त्रीसँगको भेटपछि उनले सोही विषयमा राष्ट्रपतिलाई जानकारी गराएका हुन्।
















प्रतिक्रिया