१६ भदौ २०८३, मंगलबार | September 1, 2026

प्रतिनिधिसभाको बैठक भोलि बस्ने, महाविपद्बारे छलफल हुने



काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (१७ भदौ) दिउँसो १ बजे बस्ने भएको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि दिउँसो १ बजे बैठक बोलाउने निर्णय गरेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले मुलुकमा देखिएको महाविपद्बारे विशेष प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । उक्त प्रस्तावमाथि दलीय आधारमा विभिन्न राजनीतिक दलका नेताहरूले धारणा राख्नेछन् ।

गत १० भदौमा भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो । बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका विषयमा समेत संसद्मा छलफल हुने अपेक्षा गरिएको छ ।

यसअघि १० भदौमै प्रतिनिधिसभाको बैठक बसेको थियो । उक्त बैठकपछि अनिश्चितकालका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः १७ भदौमा बोलाइएको हो ।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  १२ : ५३ बजे

दक्षिण कोरियाली उद्धार टोली धुञ्चेमा, आजदेखि खोज तथा उद्धार सुरु

रसुवा । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज

प्रतिनिधिसभाको बैठक भोलि बस्ने, महाविपद्बारे छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (१७ भदौ) दिउँसो १ बजे

रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई के एल दुगड ग्रुपद्वारा खाद्य सामाग्री सहयोग

काठमाडौं । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्ष (रेक्टर)मा प्राडा अञ्जना सिंह

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।