१७ भदौ २०८३, बुधबार | September 2, 2026

घट्न सकेन किशोरी आमा बन्नेक्रम



चितवन । स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्टिले सुगम जिल्लाका रूपमा चिनिने यस जिल्लामा अझै पनि किशोरी आमा बन्ने समस्या अन्त्य हुनसकेको छैन । विगत तीन आर्थिक वर्षको तुलना गर्दा २० वर्षमुनिका आमा बन्नेहरूको सङ्ख्या उस्तै छ ।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार हरेक वर्ष स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेमध्ये किशोरी आमा आठदेखि नौ प्रतिशतको बीचमा रहेको पाइएको छ । कार्यालयका सूचना अधिकारी इन्द्रमणि भण्डारीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा शिशु जन्माएकामध्ये ९८५ किशोरी छन् । सो आवमा ११ हजार ८६८ जनाले अस्पतालमा प्रसूति सेवा लिएका थिए ।

यस्तै आव २०८१/८२ मा अस्पतालमा आएका ११ हजार ८९ जनामध्ये ९५८ जना किशोरी आमा रहेका थिए । आव २०८०/८१ मा १३ हजार ५०३ जनाले विभिन्न अस्पतालमा प्रसूति सेवा लिएकामा एक हजार १८८ जना किशोरी आमा बनेका छन् । अझै पनि समाजमा बालविवाह कायम रहेकाले किशोरी आमा बन्ने क्रम नघटेको उनले जानकारी दिए । आफ्नो समाजको चलन छाड्न नसक्ने र कानुन कार्यान्वयनमा ल्याउन नसक्दा समस्या भएको उनले बताए ।

उनका अनुसार २० वर्षमुनि विवाह गर्न नपाउने कानुनी व्यवस्था छ । बीस वर्ष मुनिकालाई किशोरीका रूपमा लिने गरिएको छ । तर यसको प्रभाव ग्रामीण क्षेत्रमा पर्न नसक्दा किशोरी आमा बन्दै आएका छन् । सानो उमेरमा आमा बन्ने र घरमा नै सुत्केरी हुने चलन अझै नरोकिँदा चुनौती बढेको उनले बताए ।

उनका अनुसार गत आवमा किशोरी आमामध्ये ६३० जनाले दक्ष प्रसूतिकर्मीबाट शिशु जन्माएका थिए भने दक्ष स्वास्थ्यकर्मीबाट ३२७ जनाले शिशु जन्माएका थिए । यस्तै अन्य स्वास्थ्यकर्मीबाट १० र घरमा नै प्रसूति गराउनेको सङ्ख्या १८ रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ । स्वास्थ्यका दृष्टिले यस उमेर समूहमा आमा बन्नु भनेको जोखिमपूर्ण रहेको उनले बताए ।

भरतपुर अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सुजन भुसाल न्यौपाने कम उमेरमा आमा बन्नु स्वास्थ्यका लागि राम्रो नहुने बताउँछिन । शारीरिक बनावट पूर्ण रूपमा तयार भइनसक्ने जनाउँदै उनले यसबाट दीर्घकालीन स्वास्थ्यमा समस्या हुनसक्ने बताईन । कम उमेरमा शिशु जन्माउँदा प्रसूतिमा जटिलता र भविष्यमा गर्भधारणसम्बन्धी जटिलताहरूको जोखिम बढ्न सक्छ । बच्चाको कम तौल हुने, शारीरिक विकास कम हुने खतरा हुने उनको भनाइ छ । त्यसबाहेक, शिक्षा र सामाजिक अवसरहरू पनि प्रभावित हुन सक्छन् ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ७ : ५८ बजे

भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व सङ्कलन

भोजपुर । जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु

यस्तो छ आज विभिन्न सडकको अवस्था

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा

भोटेकोशी बाढी : शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन । रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय

नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित

बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

बझाङ । रोल परी सोह्र घर छ्या, त्यई परी घर