२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरूले स्वीकार गरी अहोरात्र खटिरहेको उल्लेख गरे । उनले मन भक्कानिदा पनि एक–आपसमा बिलौना गर्ने समय झनै नभएको बताए ।

प्रधानमन्त्री शाहले भने, “सोही दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन । हामी लडिरहेका छौँ ।”

आफ्ना सपनाहरू बुनिरहेका नानीबाबुहरू, हाँसो–खुसीका साथ बसिरहेका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीले क्षणभरमै खोसेर लगेको बताउँदै उनले यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउनुहुने सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गरे । साथै उनले आफ्ना मान्छे गुमाएर गहिरो शोकमा पर्नुभएका परिवारजनप्रति समवेदना प्रकट गरे ।

प्रधानमन्त्री शाहले घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आफ्ना मान्छे अझै फेला नपरेर बाटो हेरिरहेका नागरिकहरूको पीडा पनि आफूले गहिरोसँग महसुस गरेको उल्लेख गरे। “यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो । बाढीमा परेका नागरिकको कारुणिक चित्कार सुन्दा मेरो छाती चिसो हुन्छ”, उनले भने ।

प्रधानमन्त्री शाहले बाढी प्रभावितहरूको जीवनरक्षाका लागि सरकारले गरिरहेको कामका बारेमा सदनलाई विस्तृत रूपमा जानकारी गराए ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  २ : ०२ बजे

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थ फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका

नेपाल सरकार र टिकटक प्रतिनिधिबीच सहकार्यका विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका सरकारी

रास्वपा नेता-कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक