१८ भदौ २०८३, बिहिबार | September 3, 2026

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला



काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये एक हजार २८२ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिम (भारतमा भेटिएकासहित) एक हजार २८२ शव फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार प्राधिकरणका अनुसार बाढीमा परी पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन् । उनका अनुसार तीन हजारभन्दा बढी होल्डिङ सेन्टर बसिरहेका छन् ।

प्रहरी नायब महानिरीक्षक काफ्लेका अनुसार २१ हजार ४०२ जना सुरक्षाकर्मी खोज तथा उद्धार कार्यमा निरन्तर रूपमा खटिरहेका छन् । बाढीमा परी घाइते भएका ३०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेनाले तीन हजार २०६ जना र सशस्त्र प्रहरीले एक हजार ८७४ जनालाई स्वास्थ्य उपचार सेवा दिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ११ : २८ बजे

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

दैवी प्रकोप उद्दार कोषमा नेपालगन्ज उद्योग वाणिज्यसंघ मार्फत ६ लाख १ हजार हस्तान्तरण

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत

बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो