२० भदौ २०८३, शनिबार | September 5, 2026

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला



काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार तथा जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक गरेको छ । प्रहरीका अनुसार बाढीका कारण हालसम्म स्वदेशी र विदेशी गरी कुल ४,८९८ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुने स्वदेशी नागरिकमा २,४४८ पुरुष र ४८२ महिला गरी २,९३० जना रहेका छन् भने १,३५० जना फोन सम्पर्कमार्फत बेपत्ताको सूचीमा दर्ता भएका छन् । यस्तै, विदेशी नागरिकतर्फ २७४ पुरुष र ३८४ महिला गरी ६९८ जना बेपत्ता भएका छन् ।

बाढी प्रभावित क्षेत्रमा हालसम्म १,३४४ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष तथा ५०१ जनाका आंशिक अङ्ग रहेका छन् । तीमध्ये १,०३० वटा शव जमिनमा गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

उद्धार कार्यका क्रममा हालसम्म ८,६३१ जना घाइते तथा प्रभावितको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ७,३८७ जना स्वदेशी र १,२४४ जना विदेशी रहेका छन् । बाढी प्रभावित ३,६५५ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ ।

शवको पहिचानका लागि डिएनए संकलनको काम पनि अघि बढाइएको छ । हालसम्म १,२६० मृतक र ९७२ मृतकका आफन्त गरी कुल २,२३२ वटा डिएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ । पहिचान नभएका १,२७० जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ ।

उद्धार तथा राहत कार्यका लागि ७,९१२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । प्रहरीका अनुसार ६५ जना प्रहरी कर्मचारीसमेत बाढीबाट प्रभावित भएका छन् भने २५ जना अझै सम्पर्कविहीन छन् ।

यसैगरी, बाढी प्रभावित क्षेत्रमा १११ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ४१,८३८ जनालाई सहभागी गराइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० भदौ २०८३, शनिबार  ७ : ३७ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार