काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-४ नामरुङमा आएको बाढीले पुलसहित तीनवटा घर बगाएको छ ।
नामरुङस्थित प्रहरी चौकीबाट आइतबार बिहान बाढीले पुल र तीनवटा घर बगाएको जानकारी प्राप्त भएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।
घटनापछि गाउँपालिका अध्यक्ष लामाले बूढीगण्डकी नदी किनारमा बसोबास गर्ने चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रका बासिन्दालाई सचेत र सतर्क रहन आग्रह गरेका छन् ।
उनले बूढीगण्डकी नदी आसपासका घर तथा बस्तीमा बसोबास गर्ने सबैलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् ।
















प्रतिक्रिया