७ कार्तिक २०८३, शनिबार | October 24, 2026

हालान्डको गोलमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित



काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा लगातार तेस्रो खेलसम्म कायम राखेको छ ।

शनिबार घरेलु मैदान इतिहाद रंगशालामा सिटीले कोभेन्ट्री सिटीलाई १-० ले पराजित गरेको हो । कठिन खेलमा पहिलो हाफमा एर्लिङ हालान्डले गरेको एकमात्र गोल सिटीलाई जित दिलाउन पर्याप्त बन्यो ।

हालान्डले खेलको २६औँ मिनेटमा एन्टोइन सेमेन्योको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

जितसँगै तीन खेलबाट ९ अंक जोडेको सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । लगातार तीन खेलमा पराजित कोभेन्ट्री भने अंकविहीन हुँदै तालिकाको पुछारमा छ ।

शनिबार भएका अन्य खेलमा क्रिस्टल प्यालेसले फुलहमलाई ३-२ ले पराजित गर्दा न्युक्यासल युनाइटेड र बर्नमाउथले २-२ गोलको बराबरी खेले ।

यस्तै, सन्डरल्यान्ड र ब्रेन्टफोर्ड तथा ब्राइटन र लिड्स युनाइटेडले १-१ गोलको बराबरी खेले । नटिङघम फरेस्ट र टोटनहम तथा हल सिटी र एस्टन भिल्लाबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ७ : ५६ बजे

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र

सरकारका गलत काम टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले दुई

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको

भोजपुरका किसानलाई धान थन्काउन चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले