२१ भदौ २०८३, आइतबार | September 6, 2026

हालान्डको गोलमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित



काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा लगातार तेस्रो खेलसम्म कायम राखेको छ ।

शनिबार घरेलु मैदान इतिहाद रंगशालामा सिटीले कोभेन्ट्री सिटीलाई १-० ले पराजित गरेको हो । कठिन खेलमा पहिलो हाफमा एर्लिङ हालान्डले गरेको एकमात्र गोल सिटीलाई जित दिलाउन पर्याप्त बन्यो ।

हालान्डले खेलको २६औँ मिनेटमा एन्टोइन सेमेन्योको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

जितसँगै तीन खेलबाट ९ अंक जोडेको सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । लगातार तीन खेलमा पराजित कोभेन्ट्री भने अंकविहीन हुँदै तालिकाको पुछारमा छ ।

शनिबार भएका अन्य खेलमा क्रिस्टल प्यालेसले फुलहमलाई ३-२ ले पराजित गर्दा न्युक्यासल युनाइटेड र बर्नमाउथले २-२ गोलको बराबरी खेले ।

यस्तै, सन्डरल्यान्ड र ब्रेन्टफोर्ड तथा ब्राइटन र लिड्स युनाइटेडले १-१ गोलको बराबरी खेले । नटिङघम फरेस्ट र टोटनहम तथा हल सिटी र एस्टन भिल्लाबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ७ : ५६ बजे

परेवाभिरमा सडक मर्मत नसकिएपछि मलेखु-काठमाडौं सडक बन्द

काठमाडौं । मलेखु-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरमा सडक मर्मत

पहिरोले रोल्पाको सहिदमार्ग अवरुद्ध

रोल्पा । गएराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

हालान्डको गोलमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा

भोटेकोशी बाढी : ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनासकारी