२१ भदौ २०८३, आइतबार | September 6, 2026

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु



बर्दिया । भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकको अवस्थाबारे पहिचान सुनिश्चित गर्न डिएनए नमूना सङ्कलन आजदेखि सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई नमूना दिन आह्वान गर्दै जरुरी सूचना जारी गरिएको जानकारी दिए ।

सो सूचनाअनुसार सम्पर्कविहीन व्यक्तिका फस्ट डिग्री रिलेसन बुबा, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले डिएनए नमूना दिन सक्नेछन् । बाढीमा परी सम्पर्कविहीन भएका नागरिकको पहिचान सुनिश्चित गर्न आफन्तको नमूना सङ्कलन गर्न लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दिया, गुलरियामा हुने नमूना सङ्कलन बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म हुने सूचनामा उल्लेख छ । नमूना सङ्कलनमा जिल्ला अस्पतालले पनि सहयोग गर्नेछ ।

प्रहरी उपरीक्षक पौडेलले दुई दिनसम्म डिएनए नमूना सङ्कलन हुने उल्लेख गर्दै प्रहरीले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई नमूना दिन आग्रह गरेको बताए । नमूना दिन आउने आफन्तले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात र पासपोर्ट साइजका दुईप्रति फोटो अनिवार्य रूपमा ल्याउनुपर्ने सूचनामा उल्लेख छ ।

प्रहरी उपरीक्षक पौडेलले जिल्लामा अहिलेसम्म ७४ जना सम्पर्कविहीन रहेको बताए । जिल्लाको बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, गेरुवा गाउँपालिका लगायतका स्थानबाट सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  १२ : ३९ बजे

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि