२३ भदौ २०८३, मंगलबार | September 8, 2026

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता



पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो रूपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवद्र्धनमा सहयोग र सहकार्यको प्रतिबद्धता जनाएका छन् ।

पोखरा–दुबई नियमित उडानबारे नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीद्वारा पोखरामा आयोजित अन्तरक्रियामा पर्यटकीय राजधानी पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने गरी हुन लागेको यस उडानलाई प्रभावकारी र दिगो बनाउनुपर्नेमा जोड दिइएको हो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले फ्लाई दुबईको पोखरा उडानले यहाँको पर्यटन क्षेत्रले मात्र लाभ लिने नभई सिङ्गो गण्डकी प्रदेश र मुलुककै आर्थिक गतिविधिमा टेवा पुग्ने बताए। लामो प्रतिक्षापछि पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन लागेकाले यसको सफलतामा पोखरेलीको भविष्य जोडिएको उनको भनाइ छ ।

अध्यक्ष भुजेलले पोखरा–दुबई हवाई उडानलाई सफल र दिगो बनाउन पोखरेली पर्यटन व्यवसायी एक्यबद्ध रूपमा लागिपर्ने बताए। नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा–दुबई उडानले सफल बनाउनु सम्बद्ध सबै पक्षको दायित्व भएको उल्लेख गरे। “पोखरालाई विश्वास गरेर फ्लाई दुबई यहाँ आएको छ, हामी सबैले आ–आफ्नो ठाउँबाट साथ दिनुपर्छ”, उनले भने ।

पहिलोपटक हुनलागेको यस उडानको दिगोपनाका लागि आउन सक्ने चुनौतीलाई सामाना गर्दै अवसरमा बदल्नुपर्ने उनले बताए । पर्यटकीय राजधानी पोखरालाई अन्तरराष्ट्रिय जगतमा पहिचान दिन फ्लाई दुबईको उडानले मद्दत पुग्ने उनको भनाइ छ । फ्लाई दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले काठमाडौँभन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य पाँच हजारसम्म सस्तो रहेको बताए।

कार्यक्रममा फ्लाई दुबईका दक्षिण पूर्वीएसियाका क्षेत्रीय प्रबन्धक विनोद अब्राहमले फ्लाई दुबईका सेवा र विशेषताबारे प्रस्तुतिकरण राख्नुभएको थियो । उनले पोखरा–दुबई उडान सफल भएमा अन्य अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनी पनि पोखरामा आकर्षित हुने बताए। क्षेत्रीय प्रबन्धक अब्राहमले उडान सेवालाई दिगो र प्रभावकारी बनाउन सबै पक्षको साथ, सहयोग र एक्वबद्धता चाहिने उल्लेख गरे।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ३ : ४५ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी