२३ भदौ २०८३, मंगलबार | September 8, 2026

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह



कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव रोकिएपछि गाउँपालिकाले सतर्कताका लागि अपिल गरेको छ ।

आज साँझ ६ः३० बजेदेखि खोला थुनिएन पानीको बहाव अवरुद्ध भएको सूचना स्थानीयबाट प्राप्त भएपछि आफूहरू वीरेठाँटी जाँदै गरेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । पहिरो वा अन्य के कारणले कुन स्थानमा खोला थुनिएको भन्ने एकिन हुन नसकेको उनले बताए ।

“दुई घण्टादेखि खोला थुनिएर पानीको बहाव अवरुद्ध भएको खबर आएकाले म वीरेठाँटी हिँडेको छु । किम्रोङखोला एवं मोदीखोला तटीय क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ दिदिबहिनीहरूलाई विशेष सतर्कता अपाउन आग्रह गरेका छौँ”, अध्यक्ष केसीले भने । किम्रोङखोला मोदी नदीमा आएर मिसिने भएकाले कास्की र पर्वतको नदी तटीय क्षेत्रहरू वीरेठाँटी, नयाँपुल लगायतका क्षेत्रमा उच्च सतर्ककताका लागि गाउँपालिकाले अपिल गरेको छ ।

किम्रुङ खोलामा गत असार २८ गते पनि एक्कासी बाढी आएको थियो । सो बाढीले पुल बगाएको थियो भने होटलमा क्षति पुगेको थियो ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ९ : २३ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी