२५ भदौ २०८३, बिहिबार | September 10, 2026

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला



काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार ३६७ जनाको शव फेलापरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार भोटेकोशी र त्रिशूली बाढीपछि हराइरहेका पाँच हजार १३२ जना अझै सम्पर्कविहीन छन् ।

प्राधिकरणका अनुसार रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२६, नवलपरासी पश्चिममा २२२ र चितवनमा ३६३ जनाको शव फेलापरेको छ । तीमध्ये हालसम्म १०२ वटा शवको सनाखतपछि आफन्तले बुझिसकेका छन् ।

बाढीमा परी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ तथा सरकारी कर्मचारी ७३ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ र विदेशी पर्यटक करिब ५८९ जना सम्पर्कविहीन छन् । सुरक्षा फौजले सम्पर्कविहीनको खोजी तथा उद्धारकार्यलाई थप तीव्र तुल्याइरहेको छ ।

बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोजी तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार ६२८ जनाले विभिन्न स्थानमा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।

प्राधिकरणका अनुसार बाढीमा परी घाइते भएका तथा प्रभावित सात हजार १५१ जना नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गरिएको छ । बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राखि आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले खोज, उद्धार, राहत तथा व्यवस्थापनको काम गरिरहेका छन् ।

त्यस कार्यमा सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय निरन्तर सक्रिय छन् । बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि खोजी, उद्धार, राहत र अन्य व्यवस्थापनको कार्यलाई सरकारले प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  १ : २९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,