२४ भदौ २०८३, बुधबार | September 9, 2026

दिवंगत आमाको स्मृतिमा अक्षयकोष



नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको स्मृतिमा उनका परिवारजनले अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । पितृकार्यको क्रियाकर्म समापनको दिन पारेर परिवारबाट सामाजिक तथा सार्वजनिक हितका कार्यमा उपयोग गर्ने उद्देश्यसहित रु. ३ लाखको ‘विष्णादेवी जैसी स्मृति कोष’ स्थापना गर्ने घोषणा गरेका हुन् ।

५३ वर्षको उमेरमा यही भदौ १७ गते राति अल्पआयु मै असामयिक निधन भएकी जैसीको स्मृतिलाई चिरस्थायी बनाउन तथा दिवंगत आत्माको शान्तिको कामनासहित परिवारजनले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको परिवारजनले जनाएका छन् ।

सामाजिक तथा सार्वजनिक हितका विभिन्न कार्य सञ्चालन गरिने लक्ष्य राखिएको कोष सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया स्व. जैसीको प्रथम वार्षिक पुण्यतिथिसम्ममा पूरा गरिसक्ने तयारी गरिएको स्वर्गीय विष्णदेवीका छोरा पत्रकार एवंम साहित्यकार विरेन्द्र जैसीले जानकारी दिए ।

परिवारजनले दिवंगत विष्णादेवी जैसीको भौतिक उपस्थिति नरहे पनि उनले दिएको संस्कार, मार्गदर्शन तथा अमूल्य सम्झनाहरू सदैव परिवारको मनमस्तिष्कमा जीवित रहने बताएका छन् ।

स्वर्गीय विष्णादेवीकी जेठा छोरा वीरेन्द्र (वीपी अस्तु) बाँकेमा क्रियाशील पत्रकार एवम् साहित्यकार हुन् । स्वर्गीय विष्णादेवीकी जेठी बुहारी एवम् वीरेन्द्रकी धर्मपत्नी अमृता जैसी (निशु जोसी) पनि बाँकेमै क्रियाशील पत्रकार हुन् । मृतक जैसीका एक छोरा हुम्लामा स्वास्थ्य सेवामा र कान्छा टोरा अमेरिका छन् । जैसी परिवारको स्थायी बसोबास कैलालीको जानकी गाउँपालिका वडा नम्बर ८ भगरियामा रहेको छ ।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  १० : २२ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको