२५ भदौ २०८३, बिहिबार | September 10, 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त



कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शिक्षाध्यक्षसहितका चार पदाधिकारी नियुक्त भएका छन् ।

प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा डा धर्मदत्त सुवेदी, रजिष्ट्रारमा उपप्रध्यापक प्रकाशचन्द्र खत्री, डिनमा सहप्राडा सन्दीप श्रेष्ठ र निर्देशकमा सहप्राडा विनम्र विष्टलाई नियुक्त गरिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिष्ठानका उपकुलपति प्राडा सूर्यमान मेन्याङ्वो संयोकजत्वको तीन सदस्यीय सिफारिस समितिको सिफारिसमा बुधबार उनीहरुलाई नियुक्त गरेका हुन ।

उपकुलपति प्राडा मेन्याङ्वोले योग्यता प्रणाली अनुसार शिक्षाध्यक्ष, रजिष्ट्रार, डिन र निर्देशक नियक्त गरिएको जानकारी दिए । पदाधिकारी नियुक्त भएसँगै प्रतिष्ठानले पूर्णता पाएको छ । उनका अनुसार शिक्षाध्यक्षमा पाँच, रजिष्ट्रारमा १५, डिनका लागि आठ जनाले आवेदन दिएका थिए भने निर्देशकमा एक जनाको मात्र आवेदन परेको थियो ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ७ : ०८ बजे

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि

एसिसी प्रिमियर कप : नेपाल ओमानसँग खेल्दै

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष

ग्रामीण विकास लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

बुटवल । नेपाल सरकारको समेत स्वामित्व रहेको नेपालको एकमात्र लघुवित्त

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी । त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत्