२५ भदौ २०८३, बिहिबार | September 10, 2026

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । उनले बिहीबार दिउँसो प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।

बुधबार प्रतिनिधिसभाको उद्योग समितिको बैठकमा दिएको अभिव्यक्ति नै यादवको मन्त्री पद जानुको मुख्य कारण बनेको छ । यादवले ‘उद्योगीहरूलाई पाता नफर्काएसम्म खाना पकाउने ग्यासको अभाव टर्दैन’ भनेकी थिइन् । उनको अभिव्यक्तिलाई लिएर निजी क्षेत्र आन्दोलित बन्न पुगेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल ग्यास उद्योग संघलगायतले मन्त्री यादवले कि त प्रमाण दिनुपर्ने, नभए माफी माग्नुपर्ने अडान लिएका थिए । यादव गत चैतमा उद्योग मन्त्री नियुक्त भएकी थिइन् । ६ महिनामै उनको पद गुमेको छ ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  १ : ५५ बजे

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

नेपालगन्ज । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह

विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न विपक्षी दलको माग

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले भोटेकोशी बाढीपछि उद्धार,

ठगी मुद्दामा काठमाडौंमा पक्राउ परेका पूर्वनापी कर्मचारी ठाकुरलाई पर्सा ल्याइँदै

वीरगञ्ज। ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा काठमाडौंमा पक्राउ परेका नापी कार्यालयका

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको