२५ भदौ २०८३, बिहिबार | September 10, 2026

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ



काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गर्न सिफारिस गरिएको छ।

प्रधानमन्त्री बालेन शाहको सिफारिसमा साहलाई मन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालय शीतल निवासमा पत्र पठाइएको हो। राष्ट्रपति कार्यालयका अनुसार साहको पद तथा गोपनीयताको शपथ आजै साँझ साढे ५ बजे हुने कार्यक्रम छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालय मन्त्रीविहीन भएको थियो। रिक्त पदमा प्रधानमन्त्रीले साहको नाम सिफारिस गरेका हुन्।

यादवले बुधबार प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्ति दिएकी थिइन्। उनको उक्त अभिव्यक्तिप्रति उद्योग तथा व्यवसाय क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले आपत्ति जनाएका थिए।

यादवको राजीनामापछि रिक्त मन्त्रालयको जिम्मेवारी साहलाई दिने निर्णय भएको हो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्थाअनुसार साहको नियुक्ति प्रक्रिया अघि बढाइएको हो।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ५ : ०० बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,