२५ भदौ २०८३, बिहिबार | September 10, 2026

भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याइएका भारतीय ईलेक्ट्रिक स्कुटर पर्सा प्रहरीको नियन्त्रणमा



वीरगन्ज । पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्रायाएर चलाउदै गरेको भारतीय ईलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जको विभिन्न स्थानमा अनाधिकृत रुपमा वीरगन्जमा नम्वर प्लेट नभएको भारतीय ईलेकटिरिक स्कुटी १७ थान नियन्त्रणमा लिएको हो।

पर्सा प्रहरीको विशेष चेकजाँचको क्रममा वीरगन्जको माईस्थान घण्टाघर आदर्शनगर बसपार्क भन्सार पावरहाउस लगायतका स्थानवाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक चक्र मल्लले जनाएकाछन्।

प्रहरीले नियन्त्रणमा लिएको ईलेकटिरिक स्कुटीको मुल्य करिब १३ लाख ६० हजार बराबरको रहेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिएको उक्त भारतीय स्कुटीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागी वीरगन्ज भन्सार कार्यालयमा बुझाउने तैयारी भै रहेको डिएसपी मल्लले जनाएकाछन्।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ६ : २३ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : चिनियाँ राजदूत माओमिङ

नुवाकोट । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको