१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : चिनियाँ राजदूत माओमिङ



नुवाकोट । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहने बताएका छन् ।

बाढीले पुर्‍याएको क्षति एवं प्रभावित बासिन्दाको अवस्था बुझ्न आज नुवाकोट आएका राजदूत माओमिङले बाढीपश्चात् असहज बनेको परिस्थितिलाई सहज बनाउन आवश्यक राहत उपलब्ध गराइरहेको उल्लेख गर्दै पुनरुत्थानमा पनि चीन सरकारबाट आवश्यक सहयोग उपलब्ध हुने जानकारी दिए ।

बाढीपछिको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालनमा चीन सरकारको सहयोगसहित थप दुई मिलियन अमेरिकी डलरसमेत नेपाल सरकारलाई उपलब्ध गराइसकिएको उनले जानकारी दिए। “बाढीबाट नेपालमा ठूलो जनधनको क्षति भएको छ । यसमा हामी (चीन सरकार) अत्यन्त दुःखी छौँ”, उनले भने, “विद्यालय, सडक, आवासलगायत भौतिक संरचनामा पुगेको क्षतिको पुनरुत्थानका लागि नेपाल सरकारलाई गर्नुपर्ने सहयोग निरन्तर रहनेछ ।”

चिनियाँ राजदूत माओमिङले बाढीबाट पुगेको क्षतिको सम्बन्धमा जिल्लास्थित विपद् व्यवस्थापन समितिका पदाधिकारीसँगको छलफल गरी जानकारी लिएका थिए । त्यसपश्चात् बाढीले क्षति पुर्‍याएको विदुर नगरपालिका(१ र १० का विभिन्न स्थानको अवलोकन गर्नाका साथै विदुर नगरपालिका(२ कर्भडहलमा सञ्चालित ‘होल्डिङ सेन्टर’को पनि अवलोकन गरे । उनले होल्डिङ सेन्टरमा आश्रय लिएर बासिरहेका रसुवा र नुवाकोटका बाढी प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्दै बसोबास, खानपान, स्वास्थ्य अवस्था, अबको चाहनालगायत विषयमा चासो व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ८ : ०७ बजे

Pakistan Seeks Stronger Economic and Tourism Cooperation with Gandaki Province

Pokhara: Pakistan has expressed interest in expanding cooperation with Gandaki

गण्डकीसँग पर्यटन र व्यापारमा सहकार्य विस्तार गर्न पाकिस्तान इच्छुक

पोखरा । नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले गण्डकी

आईजीपी हटाउने निर्णयमा रास्वपा पार्टी र सरकारको भनाइ बाझियो

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने

बर्खास्त आईजीपी कार्की सर्वोच्च जाने मुडमा

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयबाट प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर

आफूलाई आइजिपीबाट हटाउने बालेनको सुरक्षा सल्लाहकार खालान् कार्की ?

काठमाडौं । सरकारले ३० वर्षपछि प्रहरीमा अर्को ‘कू’ गरेको छ