काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य नलिन बिक्रेतालाई आग्रह गरेको छ ।
उद्योगले हालको परिस्थितिलाई मध्यनजर गर्दै ग्राहक तथा अधिकृत बिक्रेताहरूले तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री–वितरण नगर्न आग्रह गरेको हो ।
ग्यास उद्योगले शुक्रबार सूचना जारी गर्दै ग्यासको मूल्य २०६० रुपैयाँ तथा १०५.३८ गाडी भाडासमेत जोडेर जम्मा २१६५.३८ रुपैयाँमा बिक्री वितरण गर्न आग्रह गरेको छ । यदि सो भन्दा बढी मूल्य लिई बिक्री गरेको प्रमाण पाइएमा अधिकृत बिक्रेतासमेत खारेज गर्न सकिने ग्यास उद्योगले चेतावनी दिएको छ ।
‘हालको परिस्थितिलाई मध्यनजर गर्दै ग्यासको मूल्य २०६० तथा १०५.३८ गाडी भाडासमेत जोडेर जम्मा २१६५.३८ मा बिक्री वितरण गर्नुहोला । यदि सो भन्दा बढी मूल्य लिई बिक्री गरेको प्रमाण पाइएमा अधिकृत बिक्रेतासमेत खारेज गर्न सकिने ब्यहोरा जानकारी गराउँदछौं,’ सूचनामा भनिएको छ ।
विनासकारी बाढीका कारण सडक अवरुद्ध भएर ठुला सवारी साधन सञ्चालन हुन नसकेको क्षेत्रमा मात्र लागु हुनेगरि नेपाल आयल निगमले भाडा वापत रकम लिन सहजिकरण गरे अनुसार उद्योगीहरुले काठमाडौं उपत्यका लगायत बाढी प्रभावित क्षेत्रका लागि ढुवानी भाडा जोडेर ग्यास बिक्रि गर्ने व्यवस्था मिलाइएको उद्योग संघले जनाएको छ ।
















प्रतिक्रिया