२६ आश्विन २०८३, सोमबार | October 12, 2026

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने



काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य नलिन बिक्रेतालाई आग्रह गरेको छ ।

उद्योगले हालको परिस्थितिलाई मध्यनजर गर्दै ग्राहक तथा अधिकृत बिक्रेताहरूले तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री–वितरण नगर्न आग्रह गरेको हो ।

ग्यास उद्योगले शुक्रबार सूचना जारी गर्दै ग्यासको मूल्य २०६० रुपैयाँ तथा १०५.३८ गाडी भाडासमेत जोडेर जम्मा २१६५.३८ रुपैयाँमा बिक्री वितरण गर्न आग्रह गरेको छ । यदि सो भन्दा बढी मूल्य लिई बिक्री गरेको प्रमाण पाइएमा अधिकृत बिक्रेतासमेत खारेज गर्न सकिने  ग्यास उद्योगले चेतावनी दिएको छ ।

‘हालको परिस्थितिलाई मध्यनजर गर्दै ग्यासको मूल्य २०६० तथा १०५.३८ गाडी भाडासमेत जोडेर जम्मा २१६५.३८ मा बिक्री वितरण गर्नुहोला । यदि सो भन्दा बढी मूल्य लिई बिक्री गरेको प्रमाण पाइएमा अधिकृत बिक्रेतासमेत खारेज गर्न सकिने ब्यहोरा जानकारी गराउँदछौं,’ सूचनामा भनिएको छ ।

विनासकारी बाढीका कारण सडक अवरुद्ध भएर ठुला सवारी साधन सञ्चालन हुन नसकेको क्षेत्रमा मात्र लागु हुनेगरि नेपाल आयल निगमले भाडा वापत रकम लिन सहजिकरण गरे अनुसार उद्योगीहरुले काठमाडौं उपत्यका लगायत बाढी प्रभावित क्षेत्रका लागि ढुवानी भाडा जोडेर ग्यास बिक्रि गर्ने व्यवस्था मिलाइएको उद्योग संघले जनाएको छ ।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  ५ : ५७ बजे

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा