२७ भदौ २०८३, शनिबार | September 12, 2026

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै



बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित गर्दै बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ नामक एकदिने विशेष व्यवसायिक प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ ।

भीआईपी ग्रुप र दारी ग्याङ बुटवलको आयोजनामा हायात प्लेस बुटवलमा सञ्चालन हुने कार्यक्रममा नेपालका परिचित बिजनेस ग्रोथ तथा सेल्स कोच एवं मोटिभेसनल स्पिकर सन्तोष लामा मुख्य प्रशिक्षकका रूपमा सहभागी हुनेछन् ।

भीआईपी ग्रुपका अध्यक्ष सुन्दर दर्जीले शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा व्यवसाय सञ्चालन गरिरहेका तर ब्रान्ड निर्माण, बजारमा स्पष्ट पहिचान, ग्राहक आकर्षण, बिक्री वृद्धि र व्यवसाय विस्तारमा चुनौती सामना गरिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

उनका अनुसार प्रशिक्षणमा बिजनेस ब्रान्डिङ, सेल्स साइकोलोजी, बिक्री रणनीति, व्यक्तिगत ब्रान्डिङ, ग्राहक आकर्षण, व्यवसाय वृद्धि तथा नेतृत्वलगायत विषयमा व्यवहारिक र कार्यान्वयनमुखी प्रशिक्षण दिइनेछ ।

मुख्य प्रशिक्षक सन्तोष लामाले लामो समयदेखि व्यवसाय वृद्धि, बिक्री रणनीति, सेल्स कोचिङ तथा व्यक्तिगत र व्यवसायिक ब्रान्डिङका क्षेत्रमा प्रशिक्षण तथा कोचिङ प्रदान गर्दै आएका छन् । उनको सहभागिताले उद्यमी तथा व्यवसायीलाई व्यवसाय विस्तारका लागि नयाँ दृष्टिकोण र रणनीति विकास गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा रुपन्देही व्यापार संघका उपाध्यक्ष मनहरी बस्यालले नेपालमै बसेर व्यवसाय गर्न सके युवाहरू विदेश जानुपर्ने बाध्यता कम हुने बताए । रुपन्देही व्यापार संघले व्यवसाय प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गर्दै उनले ‘बिजनेस ब्रह्मास्त्र’ प्रशिक्षणले बुटवलका उद्यमीलाई अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘सोच परिवर्तन, रणनीति स्पष्ट र व्यवसायमा परिणाम’ भन्ने उद्देश्यसहित आयोजना हुन लागेको कार्यक्रमलाई व्यवसायमा नयाँ दृष्टिकोण विकास गर्दै बिक्री तथा व्यवसाय वृद्धिका लागि व्यवहारिक रणनीति सिकाउने विशेष प्रशिक्षणका रूपमा प्रस्तुत गरिएको छ ।

एकदिने प्रशिक्षणले व्यवसायीलाई ब्रान्ड कसरी निर्माण गर्ने, ग्राहक कसरी आकर्षित गर्ने, बिक्री कसरी बढाउने तथा व्यवसायलाई व्यवस्थित रूपमा कसरी विस्तार गर्ने भन्ने विषयमा स्पष्ट दिशा दिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा दारी ग्याङ बुटवलका प्रतिनिधि लक्ष्मण न्यौपानेले कार्यक्रमबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : २७ भदौ २०८३, शनिबार  ६ : ११ बजे

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी