२८ भदौ २०८३, आइतबार | September 13, 2026

ठूला ढुङ्गा पन्छाएर तुइनखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै



नारायणगढ । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर यसको दीर्घकालीन समाधान गर्न सडक डिभिजन कार्यालय लागिपरेको छ ।

गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप (ढलान) बनाउँदै ‘नेलिङ’ (किला र रड ठोकेर बलियो बनाउने) प्रविधि अपनाउने तयारी गरिएको हो । सडक डिभिजन भरतपुरले नेलिङसँगै रसाएको पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) र बायोइन्जिनियरिङ (जैविक) प्रविधि प्रयोग गरिने जनाएको छ ।

सडक डिभिजन भरतपुरका प्रमुख इञ्जिनियर नारायणप्रसाद लामिछानेका अनुसार अहिले तुइलखोलामा माथिबाट खस्ने ठूला ढुङ्गा काटेर पन्छाउने काम भइरहेको छ । उनले भने “सात दिनयता माथिका ठूला ढुङ्गा काटेर फाल्ने काम भइरहेको छ । अहिले अलि गाह्रो स्थानमा थोरै जनशक्तिले काम गरिरहेका छन् । ठूला ढुङ्गा काटेर पन्छाएपछि थप जनशक्ति र उपकरण परिचालन गरेर काम अघि बढाउने तयारीमा छौँ ।”

उनका अनुसार तुइनखोलामा गर्न लागिएको पहिरो रोकथामको कार्यमा मुख्यत नेलिङ प्रविधि प्रयोग गरिनेछ । स्लोपको प्रकृतिअनुसार टू(डाइमेन्सनल (द्वि-आयामी ढाँचा) र त्रि-आयामी ढाँचा (थ्री-डाइमेन्सनल रेट)प्रयोग गरी बायोइन्जिनियरिङमार्फत पहिरो रोकथामका उपाय अवलम्बन गरिने उनले बताए ।

अहिले पहिरोको भिर काटेर ढुङ्गा फाली स्लोप बनाउने काम भइरहेको छ । त्यसपछि उक्त स्थानमा ‘नेलिङ’ प्रविधि अपनाइने इञ्जिनियर लामिछानेले बताए । पहिरो जाने क्षेत्रमा जमेको तथा रसाएको पानीले भूगोललाई कमजोर बनाउने भएकाले पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’को समेत व्यवस्थापन गरिने उनको भनाइ छ । उनले भने, “मुख्य रूपमा यहाँ नेलिङ प्रविधि प्रयोग गरिनेछ । स्लोपको अवस्था हेरेर डाइमेन्सनल नेट प्रयोग गर्ने र बायोइन्जिनियरिङलाई प्राथमिकता दिने योजना छ ।”

इञ्जिनियर लामिछानेले एक महिनाभित्र नेलिङको काम गर्ने तयारीमा रहेको बताउँदै माथिका ठूला ढुङ्गा पन्छाएपछि सडक अवरुद्ध हुने अवस्था नआउने जानकारी दिए। उक्त खण्डमा बिहान ८ः३० देखि बेलुकी ६ः०० बजेसम्म प्रत्येक दुई घण्टाको समयमा आधा घण्टाका लागि मात्रै सवारी आवागमन खुला गर्ने गरिएको छ । बेलुकी ६ः०० देखि बिहान ८ः०० बजेसम्म भने सवारीसाधन निरन्तर सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  ३ : ०४ बजे

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

नेपालगन्ज । जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु

ठूला ढुङ्गा पन्छाएर तुइनखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

नारायणगढ । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई),