२९ भदौ २०८३, सोमबार | September 14, 2026

थारू समुदायमा अट्वारीको रौनक



दाङ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी आइतबार अट्वारी पर्वकालागि चाहिने रोटी आफैँ बनाउन व्यस्त थिए । उनले रोटी र अन्य परिकार बनाएर आफैँले पूजाआजा पनि गरे ।

त्यस्तै, तुलसीपुर-१२ का वडाध्यक्ष खुसीराम चौधरी दिनभर अट्वारीमै व्यस्त भए । उनले अनदी (अन्डी)को रोटी, खुर्मा, फुलौरी, बरियालगायतका परिकार बनाए । उनीहरूमात्रै होइन, दाङसहित पश्चिम नेपालको थारू समुदाय आइतबार यसरी नै व्यस्त थिए ।

कृष्ण जन्माष्टमी पर्वपछिको दोस्रो साताको आइतबार यसरी नै थारू समुदायले अट्वारी मनाउने गर्छन् । आइतबार नै मनाइने हुँदा पर्वको नाम पनि ‘अट्वारी’ नामकरण हुन गएको वडाध्यक्ष खुसीराम चौधरीले बताए ।

उनका अनुसार शनिबार राति अर्थात् अघिल्लो दिन दर खाने गरिन्छ । त्यसपछि आइतबार आधा दिनसम्म व्रत बस्ने गरिन्छ । व्रतपछि पूजा गर्ने गरिन्छ । पूजा गरिसकेपछि फलफूलमात्रै उपभोग गर्ने चलन रहेको चौधरीले बताउनुभयो । तर सूर्यास्तपछि खानपान पूरै बन्द गर्नुपर्ने हुन्छ ।

त्यसपछि, सोमबार बिहानै पूजापाठ अर्थात् ‘फलहार’ गरिन्छ । बनाइएको विभिन्न परिकारलाई दुई भागमा छुट्याइन्छ । छुट्याएको भाग चेलीबेटीलाई अग्रासन (कोसेली) स्वरूप दिनका लागि राखिन्छ भने एक भाग बर्तालुहरूले उपभोग गर्ने गरिन्छ । भोजन ग्रहणपश्चात् अग्रासन दिन जाने प्रचलन रहेको छ ।

विवाहित चेलीबेटी माइती घरको अग्रासनको पर्खाइमा बसेका हुन्छन् । विवाहित चेलीहरू माइती घरबाट दाजुभाइले दिन जाने अग्रासनले नै आफ्नो भोक मेट्ने गर्दछन् । विभिन्न परिकारको पोकोसहित अग्रासन दिन जाने दाजुभाइ दिदीबहिनीलाई विवाहित चेलीहरू मानसम्मान गर्ने उत्तिकै चलन थारू समुदायमा रहेको छ । तर, पछिल्लो समय यो चलन हराउँदै जान थालेको छ ।

किन मनाइन्छ अट्वारी ?

थारू जातिले महाभारतका प्रमुख पात्र पाँच पण्डवमध्येका माइलो भाइ भीमको पूजाआजा गर्दछन् । थारू समुदायको बसोबास रहेको तराईमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीमाथि जबर्जस्ती गर्ने काम गरिरहेको थियो । त्यही बेला भेवा (भीम) तराई घुम्न आउँदा त्यो कुरा देखेपछि उनले मुक्ति दिलाएको भन्ने किंवदन्तीलाई आधार मानेर भेवाको पूजा गर्ने गरिन्छ ।

त्यसैगरी, अर्को किंवदन्तीअनुसार पनि यो पर्वलाई मनाउने गरिन्छ । कुनै बेला द्रौपतिसहित पाँच पाण्डवहरू सुर्खेतको काँक्रेविहार घुम्न पुगेका थिए । थारू राजा दङ्गीशरण र पाँच पाण्डवबीच निकै घनिष्ठता बढेको थियो । एक समय, भीमले रोटी पकाइरहँदा राजा दङ्गीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे ।

बलवान र पराक्रमी भीमले तावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरिका मानिसहरूले तावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेनन् । अन्ततः भीमले राजा दङ्गीशरणलाई सहयोगपश्चात् फर्केपछि मात्रै तावाको रोटी झिकेको भनाइ छ । उक्त सहयोग गरेको दिन आइतबार परेकाले पनि अट्वारी पर्व आइतबार मनाउने प्रचलन कायम भएको थारू अगुवा खुसीराम चौधरीको भनाइ छ ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  ७ : २५ बजे

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको

बझाङमा च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का

महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं । ‘एसिसी प्रिमियर कप २०२६’ को उपाधि विजेता नेपाली

हरितालिका तीज पर्व आज, महादेवको पूजा-आराधना गरी मनाइँदै

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व