२९ भदौ २०८३, सोमबार | September 14, 2026

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता



काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार ३९२ जनाको शव फेला परेको छ भने चार हजार ८९ जना अझै सम्पर्कविहीन रहेका छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उद्धार तथा खोजी कार्य जारी छ।

फेला परेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला र ५१४ वटा आंशिक अङ्ग मात्र रहेका छन्। जसमध्ये हालसम्म १०३ वटा शवको सनाखत गरी आफन्तलाई हस्तान्तरण गरिसकिएको प्रहरीले जनाएको छ। बाँकी शवको पहिचान र सनाखतका लागि डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार बेपत्ता सूचीमा रहेकामध्ये नेपाली नागरिकतर्फ दुई हजार ९०७ पुरुष र ५७२ महिला छन्। त्यस्तै, विदेशी नागरिकतर्फ २७२ पुरुष र ३२८ महिला अझै सम्पर्कविहीन छन्।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म नौ हजार २८७ जना घाइतेको सफल उद्धार गरिएको छ, जसमा छ हजार ४०७ पुरुष, दुई हजार ८३० महिला र पहिचान नखुलेका ५० जना रहेका छन्। उद्धार गरिएकामध्ये दुई हजार ७८१ जनालाई हाल सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको छ।

बाढीबाट ठूलो मानवीय क्षति भएकाले बेपत्ताको खोजी, घाइतेको उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन प्रभावित क्षेत्रमा निरन्तर परिचालित छन्।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  १० : ३७ बजे

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको