२९ भदौ २०८३, सोमबार | September 14, 2026

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सुरु गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बिहान ११ बजेदेखि नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा बाढी तथा त्यसबाट सिर्जित विपद्पछि प्रभावित क्षेत्रमा उत्पन्न अवस्थाको समीक्षा, वर्तमान परिस्थिति, तत्काल चाल्नुपर्ने आवश्यक कदम तथा पुनरुत्थानका विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ।

भोटेकोशीसहित विभिन्न नदी तथा खोलामा आएको बाढी, पहिरो र त्यसबाट भएको जनधनको क्षतिपछि प्रभावित जिल्लाका कतिपय क्षेत्रलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। त्यसपछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउने विषयमा सरकारको ध्यान केन्द्रित हुँदै आएको छ।

प्रधानमन्त्री शाहसँगको छलफलमा स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिहरूले प्रभावित क्षेत्रमा देखिएका समस्या, तत्काल आवश्यक पर्ने राहत तथा पुनःनिर्माणका प्राथमिकता र दीर्घकालीन पुनरुत्थानका विषयमा सुझाव तथा जानकारी प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  १२ : ०४ बजे

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा