२९ भदौ २०८३, सोमबार | September 14, 2026

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीसँग तनाब उत्पन्न भएको छ । विमानस्थल परिसरमा समर्थक तथा सञ्चारकर्मीलाई सम्बोधन गर्न खोजेपछि प्रहरीले उनलाई कार्यक्रम गर्न नदिँदा तनाब उत्पन्न भएको हो । प्रहरीले उनलाई घर पठाएको हो ।

भद्रपुरबाट काठमाडौं आएको विमानमार्फत दिउँसो त्रिभुवन विमानस्थल पुगेका प्रसाईंको प्रतीक्षामा विमानस्थल बाहिर केही युट्युबर तथा समर्थकहरू जम्मा भएका थिए । प्रसाईंले विमानस्थल परिसरमै सञ्चारकर्मीलाई ‘बाइट’ दिन खोजेपछि प्रहरीले उनलाई त्यहाँ कुनै कार्यक्रम वा सम्बोधन गर्न नमिल्ने भन्दै रोक लगाएको थियो ।

प्रहरीले रोक लगाएपछि उनका समर्थकहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध उत्तेजक नाराबाजी गर्दै सरकार तथा प्रहरीप्रति आक्रोश व्यक्त गरेका थिए ।

त्यसक्रममा प्रसाईंले संसद् भवन तथा सिंहदरबारमा तोडफोड र आगजनीका घटना हुँदा प्रहरीको भूमिकामाथि समेत प्रश्न उठाएका थिए ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  २ : ३८ बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला