३० भदौ २०८३, मंगलबार | September 15, 2026

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण



जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका-५, साविक सुगा निकास गाविस-३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।

नापी कार्यालय धनुषाका अनुसार विसं २०७२ मा उक्त क्षेत्रको नाप नक्सा भए पनि जग्गाधनी प्रमाणपुर्जा वितरण हुन सकेको हंसपुर नगरपालिका-५ का ३६५ परिवारलाई आज जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

नाप नक्सा सम्पन्न भएपनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसकेका स्ववासी तथा गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै लालपुर्जा वितरण गरिएको नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमारले बताए ।

उनका अनुसार स्ववासी जग्गा दर्ता गरी जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि वर्षौँदेखि जग्गाको स्वामित्व स्थापित गर्न नसकेका परिवारले कानुनी रूपमा आफ्नो सम्पत्तिको मालिक बन्ने आधार पाएका छन् ।

“पुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुन्छ”, प्रमुख उमेशकुमारले भने, “जग्गाको बिक्री-वितरण गर्न सकिने भएकाले आर्थिक गतिविधि बढ्नुका साथै राज्यले राजस्वसमेत प्राप्त गर्न सक्छ ।”

धनुषामा सञ्चालन भइरहेको जग्गाधनी पुर्जा वितरण अभियानअन्तर्गत क्षीरेश्वरनाथ नगरपालिका-१ र २ तथा साविक रमदैया भवाडी गाविस-३ का ३७५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी गरिएको प्रमुख उमेशकुमारले बताए ।

नापी नक्सा सम्पन्न भइसकेका तर दर्ता प्रक्रिया बाँकी रहेका धनुषाका अन्य गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको विवरणसमेत कार्यालयले अध्ययन गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  ८ : २५ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा