३० भदौ २०८३, मंगलबार | September 15, 2026

दूध उत्पादन बढाउन अनुदान



तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुदान उपलब्ध गराएको छ ।

केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत रु ८० लाख ११ हजार अनुदान वितरण गरेको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार जिल्लाका १३ वटा दुग्ध उत्पादक सहकारी संस्थामार्फत किसानलाई प्रोत्साहन रकम उपलब्ध गराइएको हो ।

कार्यक्रमअन्तर्गत सहकारी संस्थाबाट सङ्कलन भएको ३० लाख २० हजार ३२२ लिटर दूधमा प्रतिलिटर रु तीनका दरले प्रोत्साहन रकम प्रदान गरिएको थियो । उत्पादनका आधारमा किसानलाई अनुदान उपलब्ध गराउँदा दूध उत्पादनमा संलग्न किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न सहयोग पुगेको ठकुरीको भनाइ छ ।

उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमले किसानलाई बढी दूध उत्पादन गर्न उत्प्रेरित गरेको उनले बताए । दूध बिक्रीबाट प्राप्त आम्दानीसँगै उत्पादनका आधारमा अतिरिक्त प्रोत्साहन रकम प्राप्त हुने भएपछि किसानमा पशुपालन व्यवसायप्रति थप आकर्षण बढेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  ८ : ३८ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा