२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ



नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोस्ट बसपार्कको टोलीले बसपार्क क्षेत्रबाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित नेपालगञ्ज–९ बस्ने १७ वर्षीय समिर ढपाली र वडा नं १३ बस्ने राजन सोनकारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

उनले ने १ ह ४५०२ नंको ई–रिक्सामा पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको अवस्थामा उनीहरूलाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको बताए ।

दुवै जनामाथि थप अनुसन्धान सुरु भएको र उनीहरू भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । दुई दिनअघि मात्र प्रहरीले गोली चलाएर लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको थियो । तीमध्ये दुई जना भारतीय नागरिक थिए ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  १० : १० बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित