५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ



नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोस्ट बसपार्कको टोलीले बसपार्क क्षेत्रबाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित नेपालगञ्ज–९ बस्ने १७ वर्षीय समिर ढपाली र वडा नं १३ बस्ने राजन सोनकारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

उनले ने १ ह ४५०२ नंको ई–रिक्सामा पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको अवस्थामा उनीहरूलाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको बताए ।

दुवै जनामाथि थप अनुसन्धान सुरु भएको र उनीहरू भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । दुई दिनअघि मात्र प्रहरीले गोली चलाएर लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको थियो । तीमध्ये दुई जना भारतीय नागरिक थिए ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  १० : १० बजे

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका