३१ भदौ २०८३, बुधबार | September 16, 2026

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट



काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको छ । आगलागीका कारण महत्वपूर्ण कागजात, कुर्सी, टेबललगायत फर्निचर जलेर नष्ट भएका छन् ।

स्रोतका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बिहानै विद्युत् सर्ट भएपछि आगलागी भएको र फाँटमा रहेका कागजात तथा फर्निचर जलेको पाइएको हो ।

सर्वोच्च अदालतको नयाँ भवनको भुइँतलामा रहेका २० र २१ नम्बर मुद्दा फाँटमा आगलागी भएको स्रोतले जनाएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।

यसअघि पनि करिब दुई साताअघि सर्वोच्च अदालतमा आगलागी भएको थियो । त्यसबेला भूमिगत तलामा रहेको कार्यालयमा आगलागी भएको थियो । उक्त घटनाबारे अहिले पनि अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  १० : ५७ बजे

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको

प्रसूति बिदा छ महिना दिने प्रस्तावसहितको विधेयक

काठमाडौं । सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला